प्रस्तावित प्रधानन्यायाधीश कार्कीले पेस गरे कार्ययोजना
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।
हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताए।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा उनलाई प्रश्न सोध्ने र जवाफ माग्ने आजको कार्यक्रम शुक्रबार बिहान ८ बजेलाई सारिएको समितिले जनाएको छ । आज संसद् बैठक भएकाले सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।
बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि आज सुनुवाइ तोकिएको थियो । कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए। कामु प्रधानन्यायाधीस कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया