वानएक्स बेटको प्रचार आरोपमा कलाकार ‘बल्छी ध्रुबे’सहित ८ जना पक्राउ
काठमाडाैं । अवैध सट्टेबाजी प्लेटफर्म एप ‘वान एक्स बेट’ मा प्रचार गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले हिजो बेलुकातिर आठ जनालाई पक्राउ गरेको बताए । उनीहरूलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको उनले जनाए ।
वानएक्स बेटमा सट्टेबाजी खेलाउने र विज्ञापन गरेको आरोपमा ‘बल्छी ध्रुबे’ समेत पक्राउ परेका छन् । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीले बुधबार नै वान एक्स बेट’ मा प्रचार गरेको आरोपमा ५ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया