वानएक्स बेटको प्रचार आरोपमा कलाकार ‘बल्छी ध्रुबे’सहित ८ जना पक्राउ
काठमाडाैं । अवैध सट्टेबाजी प्लेटफर्म एप ‘वान एक्स बेट’ मा प्रचार गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले हिजो बेलुकातिर आठ जनालाई पक्राउ गरेको बताए । उनीहरूलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको उनले जनाए ।
वानएक्स बेटमा सट्टेबाजी खेलाउने र विज्ञापन गरेको आरोपमा ‘बल्छी ध्रुबे’ समेत पक्राउ परेका छन् । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीले बुधबार नै वान एक्स बेट’ मा प्रचार गरेको आरोपमा ५ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया