अत्यधिक टमाटर पनि स्वास्थ्यका लागि घातक, देखिन्छन् यी समस्या
एजेन्सी । सायद भान्सा टमाटर बिना अधुरो हुन्छ । भान्सामा पाक्ने हरेक तरकारीको टमाटरले स्वाद त बढाउँछ नै साथै यो स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।
केबल तरकारीमा मात्र नभई सलादमा पनि टमाटरको प्रयोग गरिन्छ । तर के तपाईलाई थाहा छ ? टमाटरकाे थाेरै प्रयाेग लाभदायिक भए पनि अत्याधिक सेवन भने हानिकारक छ ।
टमाटरमा अम्लीयपन धेरै हुन्छ । त्यसैले टमाटर धेरै खाँदा एसिड रिफ्लक्स हुन्छ । जसले मुटु र पेटमा समस्या ल्याउँछ । कतिपयलाई टमाटर अत्यधिक सेवन गर्दा एलर्जीको समस्या हुन सक्छ ।
जसले पित्त थैलीमा समस्या ल्याउँछ भने कोही कसैमा श्वास फेर्न गाह्रो पनि हुनसक्छ । यसबाहेक, अत्यधिक टमाटरको प्रयोगले छालाको रङमा परिवर्तन पनि हुनसक्छ । छालाको रङ परिवर्तन हुने अवस्थालाई लाईकोपेनोडर्मिया भनिन्छ ।
टमाटरमा लाइकोपीन हुन्छ । जसले रगत पातलो बनाउँछ । त्यसैले टमाटरको अत्यधिक प्रयोग पनि राम्रो मानिदैन् । यसमा पोटासियम पनि धेरै हुने हुँदा मृगौलामा समस्या भएकाहरुले पनि टमाटर धेरै खानु हुँदैन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया