अत्यधिक टमाटर पनि स्वास्थ्यका लागि घातक, देखिन्छन् यी समस्या

एजेन्सी । सायद भान्सा टमाटर बिना अधुरो हुन्छ । भान्सामा पाक्ने हरेक तरकारीको टमाटरले स्वाद त बढाउँछ नै साथै यो स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।
केबल तरकारीमा मात्र नभई सलादमा पनि टमाटरको प्रयोग गरिन्छ । तर के तपाईलाई थाहा छ ? टमाटरकाे थाेरै प्रयाेग लाभदायिक भए पनि अत्याधिक सेवन भने हानिकारक छ ।
टमाटरमा अम्लीयपन धेरै हुन्छ । त्यसैले टमाटर धेरै खाँदा एसिड रिफ्लक्स हुन्छ । जसले मुटु र पेटमा समस्या ल्याउँछ । कतिपयलाई टमाटर अत्यधिक सेवन गर्दा एलर्जीको समस्या हुन सक्छ ।
जसले पित्त थैलीमा समस्या ल्याउँछ भने कोही कसैमा श्वास फेर्न गाह्रो पनि हुनसक्छ । यसबाहेक, अत्यधिक टमाटरको प्रयोगले छालाको रङमा परिवर्तन पनि हुनसक्छ । छालाको रङ परिवर्तन हुने अवस्थालाई लाईकोपेनोडर्मिया भनिन्छ ।
टमाटरमा लाइकोपीन हुन्छ । जसले रगत पातलो बनाउँछ । त्यसैले टमाटरको अत्यधिक प्रयोग पनि राम्रो मानिदैन् । यसमा पोटासियम पनि धेरै हुने हुँदा मृगौलामा समस्या भएकाहरुले पनि टमाटर धेरै खानु हुँदैन् ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया