युक्रेनका दुई सहर जोड्ने महत्वपूर्ण पुल रुसले भत्कायो

काठमाडौं । रुसले युक्रेनको महत्वपूर्ण पुल भत्काएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । उत्तरी सहर चेयनिभ र राजधानी किएभबीचको महत्वपूर्ण मार्ग रहेको उक्त पुल ध्वस्त भएपछि चेरनिभ र किएभबीच यातायातविच्छेद भएको छ ।
युक्रेनका मानवअधिकार लोकपाल न्युडमाइला डेनिसोभले देसना नदीको पुल सहरमा मानवीय सहायता पुर्याउन र फसेका नागरिकको उद्धारका लागि प्रयोग भइरहेको बताएका छन् ।
सहरमा बिजुली, पानी, ग्यासलगायतक आधारभूत प्रणाली नष्ट भएको उनको भनाई छ । क्षेत्रीय प्रशासन प्रमुख भियाचेस्लेभ चौसले एक भिडियोमार्फत युक्रेनको जीतपछि उक्त ठाउँमा नयाँ पुल बनाउने बताएका छन् । रुस र युक्रेनबीच एक महिनादेखि युद्ध जारी छ ।
https://www.nepalwatch.com/2022/03/22/12129/
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया