यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित

काठमाडौं । आफ्नै प्रहरी सहकर्मीलाई यौन दुव्र्यवहार गरेको आरोप लगोका एसएसपी योगबहादुर पाल निलम्बित भएका छन् । यसअघि पनि यौन दुर्व्यवहारको आरोप लागेर कारवाहीबाट उम्किएका पाललाई यसपटक भने निलम्बन गरिएको हो ।
उनीविरूद्ध परेको उजुरीमाथि छानविन गर्न बनेको समितिले पालले पीडित महिलालाई यौन दुव्र्यवहार गरेको ठहर गरेसँगै उनलाई आज निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गर्न गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।
कञ्चनपुरका वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी) पालविरूद्ध उक्त उजुरी परेसँगै उनी प्रहरी प्रधान कार्यालय तानिएका थिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरिक्षक श्याम सिंह चौधरीको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन समितिले पालले पीडित महिला प्रहरीलाई यौन दुव्र्यबहार गरेकोबारे अनुसन्धानबाट ठहर भएको जनाएको हो ।
गठित समितिले गरेको छानविनमा एसएसपी पालले पीडितलाई शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेको बताएको छ ।
पालविरूद्ध कार्यालयकै महिला सहकर्मीले गत १७ जेठमा आफूलाई नानाथरी प्रश्न सोधी हात समातेर दुर्व्यवहार गरेको भन्दै कारवाही माग गर्दै उजुरी दिएकी थिइन् ।
एसएसपी पालले आफ्नै प्रहरी सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको छानविन समितिको ठहर
ताजा अपडेट
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
-
ट्रम्पले कर लगाउने धम्कीपछि चीनले भन्यो-‘ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन’
-
रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता
प्रतिक्रिया