पल शाह पुर्पक्षका लागि थुनामा जाने कि धरौटीमा रिहा हुने आदेश आउँदै
काठमाडौं । नाबालिग गायिका बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहको मुद्दामा थुनछेक बहस सकिएको छ । हरिश्चन्द्र ढुंगानाको एकल इजालासमा थुनछेक बहस सकिएपछि आदेशको तयारी भएको हो ।
तनहुँ अदालत जिल्ला स्रोतका अनुसार आदेश लेख्ने तयारी भइरहेको छ । अबको एक घण्टा हाराहारीमा नाबालिगलाई बलात्कार गरेको मुद्दामा नायक शाहले पुर्पक्षका लागि थुनामा बसेर लड्ने कि धरौटीमा रिहा भएर बाहिरै बसेर मुद्दा लड्ने भन्ने आदेश आउने छ ।
धरौटीमा रिहा नभए नायक शाहले थुनामा बसेरै अन्तिम फैसला नआउँदासम्म मुद्दा लड्नुपर्नेछ ।
ती नाबालिग गायिकको जाहेरीका आधारमा बलात्कार मुद्दामा शाहमाथि १४ वर्षको जेल सजायँ माग गर्दै सरकारी वकिल कार्यालयले तनहुँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा शाहले ती नाबालिगमाथि पटकपटक बलात्कार गरेको बलियो प्रमाण जुटाएको दाबी गर्दै आएको छ ।
शाह र ती गायिकाबीच भएको फोन संवादको रेकर्ड, म्यासेजको अनुसन्धान, शाहका सहयोगीसँगको बयान, होटल संचालकसहितकासँग पनि प्रहरीले बयान लिएको थियो । यी सबै बलिया प्रमाणका आधारमा पनि शाहलाई धरौटीमा रिहा गर्ने सम्भावना कम रहेको बुझिएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया