विवादस्पद ‘आदिपुरूष’ बारे दीपकराज गिरिको टिप्पणी : सबै फ़िल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ?

काठमाडाैं । विवादस्पद भारतीय फिल्म ‘आदिपुरूष’ बारे कलाकार दीपकराज गिरिले टिप्पणी गरेका छन् । उनले सबै भारतीय फिल्म बन्द गर्दा गलत अर्थ लाग्न सक्ने टिप्पणी गर्दै उक्त विवादस्पद फिल्म मात्रै बन्द गर्न सुझाव दिएका छन् ।
‘आदिपुरुष’ प्रदर्शन गर्न दिए नेपालको राष्ट्रियता र सांस्कृतिक एकतामा अपूरणीय क्षति : बालेन
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले महानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’ भोलिदेखि चल्न नदिने निर्देशन दिएलगत्तै कलाकार गिरीले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘समस्या आदिपुरूषले निकालेको हो त्यसैले आदिपुरुष मात्रै बन्द गरौ !!उता बाट आउने सबै फ़िल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उता बाट त धेरै कुरा आउछ …’
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया