आज घोषणा हुँदै समाजवादी मोर्चा
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित ४ दल सम्मिलित समाजवादी मोर्चा आज घोषणा हुने भएको छ ।
माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा सोमबार गठन हुन लागेको हो ।
मोर्चामा यसअघि बाबुराम भट्टराई र वामदेव गौतम पनि सामेल हुने चर्चा थियो । तर उनीहरू भने सहभागी नहुने भएका छन् । मोर्चा गठनमा तयार देखिएका दलले छुटेका बाँकीलाई आगामी दिनमा सामेल गर्दै अघि बढ्ने जनाएका छन् ।
मोर्चाको औपचारिक घोषणाका लागि सोमबार दिउँसो ३ बजे राष्टि«यसभामा कार्यक्रम आयोजना गरिएको छ । मोर्चामा आबद्ध सबै दलले आफ्ना कार्यकर्तालाई उक्त सभामा सहभागी हुन अपिल गरेका छन् ।
संसदमा मोर्चा आबद्ध दलतर्फबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या ५६ छ । कांग्रेस र एमाले मिलेको अवस्थाबाहेकमा मोर्चा सम्मिलित दल बेगर सरकार गठन हुन सक्नेछैन । त्यसैले मोर्चा गठन भएसँगै प्रचण्ड र यसमा सम्मिलित दल थप शक्तिशाली हुने ठानिएको छ् ।
पार्टी एकता गर्ने दीर्घकालीन उद्देश्यसहित गठन गर्न लागिएको मोर्चाको नेतृत्व सम्मिलित दलले आलोपालो प्रणालीअनुसार गर्ने सहमति यसमा सामेल दलबीच भएको छ ।
मोर्चाले संसदभित्र र बाहिर समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने मूल उद्देश्य लिएको छ ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया