समाजवादी मोर्चा घोषणासभा झलनाथ खनालले बहिस्कार गर्ने
काठमाडौं । समाजवादी मोर्चा गठनप्रति पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अनन्तुष्टी जनाएका छन् ।
विचार, सिद्धान्त र साझा लक्ष्य प्राप्तिका लागि दलहरूबीच स्पष्ट नभएसम्म मोर्चा गठनको औचित्य नभएको भन्दै आएका उनी ४ बजे घोषणासभामा समेत सहभागी नहुने भएका छन् ।
कार्यव्यस्तताका कारण आजको बैठकमा सहभागी नहुने खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।
‘मोर्चा गठनप्रति उहाँको असन्तुष्टी छैन । कार्यव्यवस्तताका कारण जान नभ्याउने भएका हुन् । भ्याएसम्म घोषणासभामा जानुहुन्छ’, उनले भने ।
प्रचण्डको नेतृत्वमा सोमबार(आज) हुने लागेको मोर्चा घोषणासभामा समोल हुने आइतरबार नै अध्यक्ष माधव नेपालले सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरिसकेका छन् ।
पछिल्लो समय एमालेसहितको वामपन्थी एकतामा उनले जोड दिँदै आएका छन् । माओवादी केन्द्र, जसपा, नेकपा एस र विप्लव नेतृत्वको नेकपा मिलेर घोषणा हुन लागेको मोर्चाले दस्तावेज सार्वजनिक गर्दैछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया