बजेट संशोधन नभए पारित हुन दिन्नौं : सीके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्षसमेत रहेका सांसद डा. सीके राउतले सरकारले ल्याएको बजेट संशोधन नभए पास हुन नदिने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेट सम्बोधन गर्न सरकारलाई चेतावनी दिएका हुन् ।
‘मन्त्री बन्दैमा अहंकार देखाउनुपर्छ भन्ने पनि होइन । एकजनाले बजेट निर्माण गर्ने भए यति धेरै सांसदहरू किन आवश्यक पर्ने थियो’, उनले भने, ‘त्यसैले मन्त्रालयले सांसदहरूको कुरा सुनिदिनुपर्छ । सरकारले सुनेन भने त्यो बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरूलाई छ ।’
आर्थिक वर्ष २०८०/८१ को बजेट सरकारले जेठ १५ गते संसदमा प्रस्तुत गरेको थियो । बजेट विनियोजनलाई लिएर सत्ता पक्षकै सांसदहरू असन्तुष्ट देखिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया