पश्चगामी र प्रतिगामी शक्तिलाई टाउको उठाउन दिन्नौं : विप्लव
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले प्रतिगामी र प्रश्चगामी शक्तिलाई टाउको उठाउन नदिने चेतावानी दिएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले निराश नभइ फेरी एकपटक परिवर्तनका लागि उभिन आह्वान गरेका छन् ।
‘नेपाली राजनीतिमा नयाँ मोड लिँदै समाजवादी मोर्चा गठन भएको छ । कुनै पनि मुल्यमा प्रतिगामी र पश्चगामी शक्तिलाई टाउको उठाउन दिनुहुन्न । सरकारमा भएको पार्टी र जनताकोबीचमा भएको पार्टी एक ठाउँमा उभिएका छौं । मोर्चाले परिवर्तनको रक्षा गर्छ । समाजवादको रक्षामा हामीले दृढ संकल्प गरेका छौं’, उनले भने ।
परिवर्तनबाट प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै निराश नभइ दलाल पुँजीवादीकाविरूद्ध उभिन उनले आह्वान गरे ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया