राति छिटो खाना खाँदा के हुन्छ ?
एजेन्सी । प्रायः व्यक्तिको रातको खाना खाने समय निश्चित हुँदैन । बेलुकीको खाना कोही अधिक छिटो खान्छन् भने कोही ढिलो । सत्नु भन्दा २ देखि ३ घण्टा अघि रातको खाना खानुपर्छ भन्ने धेरैलाई थाहा छ । तर पनि धरैको हकमा यो तालिका लागू हुँदैन ।
स्वास्थ्य विशेषज्ञका अनुसार रातिको खाना समयसमै खानुपर्छ । रातको खाना ढिला खाने बानीले शरीरमा विविध समस्या ल्याउँछ । ढिला खाँदा खाएको खाना पच्न पनि पाउँदैन् । यसले व्यक्तिलाई मोटोपनातर्फ धकेल्छ । त्यसैले रातको खाना छिटो नै खानुपर्छ ।
समयमै खाना खाँदा शरीर केही समय सक्रिय हुन्छ । जसले गर्दा खाना पच्न पाउँछ । समयमै खाना खाँदा निन्द्रा पनि समयमै लाग्छ । ढिला खाना खाँदा निन्द्रा नलाग्ने समस्या देखिन्छ । यसले गर्दा निन्द्रा पूरा हुन पाउँदैन ।
स्वस्थ व्यक्तिलाई दैनिक ८ घण्टाको निन्द्रा आवश्यक छ । अपूरा निन्द्राले दिनमा आलश्यतक गराउँछ र ताजा महसुस हुँदैन । समयमै बेलुकाको खाना खाँदा यसले तपाईंको शरीरलाई पूर्ण रूपमा आराम दिन्छ। यसले व्यक्तिको सोच्न सक्ने क्षममताको पनि विकास हुन्छ । छिटो खाना खाँदा मष्तिष्क स्वस्थ र ताजा रहन्छ ।
नियमित एउटै समयमा खाना खाने बानीले पेटसँग जोडिएका धेरै समस्याहरुबाट बच्न सकिन्छ । यसबाहेक छिटो खाना खाँदा कोलेस्ट्रोलको समस्यासमेत हुँदैन। मुटु स्वस्थ राख्नका लागि पनि रातको खाना छिटो खान जरुरी छ ।
राति चाँडो खाना खाँदा मधुमेहको जोखिम पनि धेरै हदसम्म कम हुन्छ । छिटै खाना खाँदा शरीरमा खाना ग्लुकोजमा परिणत हुन पर्याप्त समय मिल्छ । जसले मधुमेहको जोखिम कम गर्छ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया