NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

राति छिटो खाना खाँदा के हुन्छ ?

एजेन्सी । प्रायः व्यक्तिको रातको खाना खाने  समय निश्चित हुँदैन । बेलुकीको खाना कोही अधिक छिटो खान्छन् भने कोही ढिलो । सत्नु भन्दा २ देखि ३ घण्टा अघि रातको खाना खानुपर्छ भन्ने धेरैलाई थाहा छ । तर पनि धरैको हकमा यो तालिका लागू हुँदैन ।

स्वास्थ्य विशेषज्ञका अनुसार रातिको खाना समयसमै खानुपर्छ । रातको खाना ढिला खाने बानीले शरीरमा विविध समस्या ल्याउँछ । ढिला खाँदा खाएको खाना पच्न पनि पाउँदैन् । यसले व्यक्तिलाई मोटोपनातर्फ धकेल्छ । त्यसैले रातको खाना छिटो नै खानुपर्छ ।

समयमै खाना खाँदा शरीर केही समय सक्रिय हुन्छ । जसले गर्दा खाना पच्न पाउँछ । समयमै खाना खाँदा निन्द्रा पनि समयमै लाग्छ । ढिला खाना खाँदा निन्द्रा नलाग्ने समस्या देखिन्छ । यसले गर्दा निन्द्रा पूरा हुन पाउँदैन ।

स्वस्थ व्यक्तिलाई दैनिक ८ घण्टाको निन्द्रा आवश्यक छ । अपूरा निन्द्राले दिनमा आलश्यतक गराउँछ र ताजा महसुस हुँदैन । समयमै बेलुकाको खाना खाँदा यसले तपाईंको शरीरलाई पूर्ण रूपमा आराम दिन्छ। यसले व्यक्तिको सोच्न सक्ने क्षममताको पनि विकास हुन्छ । छिटो खाना खाँदा मष्तिष्क स्वस्थ र ताजा रहन्छ ।

नियमित एउटै समयमा खाना खाने बानीले पेटसँग जोडिएका धेरै समस्याहरुबाट बच्न सकिन्छ । यसबाहेक छिटो खाना खाँदा कोलेस्ट्रोलको समस्यासमेत हुँदैन। मुटु स्वस्थ राख्नका लागि पनि रातको खाना छिटो खान जरुरी छ ।

राति चाँडो खाना खाँदा मधुमेहको जोखिम पनि धेरै हदसम्म कम हुन्छ । छिटै खाना खाँदा शरीरमा खाना ग्लुकोजमा परिणत हुन पर्याप्त समय मिल्छ । जसले मधुमेहको जोखिम कम गर्छ।