पाकिस्तानको अदालतमा गोली चल्दा दुई जना घाइते
एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार न्यायाधीश भक्कर कलोरकोटको इजलासमा गोली चलेको थियो । मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहमा दुई जनाले गोली चलाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ भने घाइतेहरूलाई अस्पताल पुर्याइएको एआरवाई न्युजले उल्लेख गरेको छ। पुरानो दुश्मनीका कारण सो घटना भएको प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया