बझाङ गाडी दुर्घटना अपडेट : २ जनाको मृत्यु
काठमाडौं । मंगलबार बझाङमा भएको गाडी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । अध्यक्ष बझाङ केदारस्युँ गाउँपालिकाका १ का वडाअध्यक्ष वीर वहादुर भण्डारीले २ जनाको मृत्यु भइसकेको बताएका हुन् ।
उनका अनुसार मृत्यु हुनेमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला, कानुन मन्त्री पृथ्वीबहादुर सिंहका श्रीमती अमृता सिंह र भाउजु जयादेवी सिंह रहेका छन् । मन्त्री सिंहको अवस्था भने गम्भिर रहेको छ। उनलाइ थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।
डडेल्धुराबाट चैनपुर जाने क्रममा मन्त्री सवार सु प प्र ०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भएको हो ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया