ब्याज नलाग्ने गरी किस्ताबन्दीमा सामसङका स्मार्टफोन किन्न सकिने
काठमाडाैं । सामसङले शून्य प्रतिशत ब्याजदरको वित्तीय सुविधासहित स्मार्टफोन खरिद गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । यसससँगै अब ग्राहकहले शून्य प्रतिशत ब्याजदरमा सामसङका स्मार्टफोन खरिद गर्न पाउने भएका छन् ।
यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्टफोन खरिद गर्ने ग्राहकहरूका लागि लागू हुने कम्पनीले जनाएको छ ।
यसका लागि कुनै क्रेडिट कार्डको आवश्यक नपर्ने कम्पनीले जनाएको छ । किस्ताबन्दीमा फोन लिनका लागि आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र भने आवश्यक पर्नेछ ।
साथै ग्राहकले ४० प्रतिशत अग्रिम भुक्तानी तिर्नुपर्नेछ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया