पत्नी राधिकासँग करेसाबारीमा यसरी झुल्किए ओली
काठमाडौं । मंसिरको पहिलो हप्ता एमाले अध्यक्ष केपी ओलीले किचेनमा पत्नी राधिकासँग साग केलाएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भयो ।
उनको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएपनि राजनीतिबाहेक ओली फूर्सदको समयमा परिवारलाई साथ दिन्छन् भन्ने सन्देश उनले प्रवाह गरेका थिए ।
त्यस्तै मिसन ग्रासरूट अभियानअन्तर्गत पत्नीसँग देशका विभिन्न भागमा ओलीले खिचेको सेल्फी निकै भाइरल भयो ।पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली जीवनको उत्तरार्धमा उनी धर्मपत्नीसँग रोमान्चित जीवन बिताइरेका छन् । श्रीमानको खुशीमा पत्नी शाक्यले पनि खानपान, जीवनशैली र सक्रिय जीवन विताउन निकै साथ र हौसला दिएकी छिन् । समकालिन नेताहरूमध्ये हरेक विषयमा भिन्न शैलीमा प्रस्तुत हुने ओलीको विशेषता रहेको छ ।
उनी आफ्ना विरोधीसँग निकै आक्रामक रूपमा प्रस्तुत हुन्छन्, शुवेच्छुक र शुभचिन्तकका विषयमा खुलेरै बचाउमा लाग्छन् । ओली बाहिरबाट हेर्दा जति कडा, आक्रामक देखिन्छन्, भित्र त्यति नै रोमान्टिक र सहयोगी छन् ।
शुक्रबार ओलीले पत्नी राधिकासँग करेसाबारीमा फर्सिका मुन्टा टिपेको भिडियो फेसबुकमा राख्दै कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ भन्ने सन्देश प्रवाह गरे ।
‘मानव जीवन र जीविकाका लागि कृषि अनिवार्य छ । त्यसैले कृषिमा आधुनिकता, रोजगारीमुखि र उद्यमशिलता अनिर्वाय छ’, उनले भने ।
करेसाबारीमा बसेर ४६ सेकेन्डको भिडियो क्लिप बनाएका उनले असार १५ गते धान दिवसको अवसरमा चितवनमा भेट्न आग्रह गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया