निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छैन : सांसद सिंह
काठमाडाैं । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले पर्यटन विकासको गुरुयोजना र रणनीतिक योजनाविना कार्यक्रम नल्याउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै सांसद सिंहले हाल निर्मित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नै पूर्ण सञ्चालनमा नआएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने आधार नदेखिएको बताए ।
उनले योजना आयोग कर्मकाण्डी आयोग साबित भएको टिप्पणी गर्दै अल्कालीन, मध्यमकालीन र दीर्घकालीन योजना हुनुपर्नेमा जोड दिँदै योजना बैंक निर्माण गर्न आग्रह गरे ।
सांसद हरिप्रसाद उप्रेतीले नेपाली सेनाजस्तो दुस्त र तन्दुरुस्त सङ्गठनलाई उचित साधन स्रोत साधन उपलब्ध गराएर मात्रै मुलुक समृद्ध हुन सक्ने बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया