अफगानिस्तानमा २१ जना अपराधी पक्राउ
एजेन्सी । अफगानिस्तानको प्रहरीले शनिबार अफगानिस्तानका ३४ प्रान्तमध्ये छ वटा प्रान्तबाट आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।
आन्तरिक मामिला मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका हत्या, डकैती, किर्ते, चोरी, लागुऔषध ओसारपसार र देशमा शान्ति सुरक्षा खलबल पार्नेजस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको जनाएको छ ।
यस्तै कारबाहीमा प्रहरीले गत हप्ता कुन्दुज, बल्ख, तखार, हेरात, समङ्गन, काबुल र कान्दाहार प्रान्तमा ८० जना अपराधीलाई पक्राउ गरेको थियो । अफगानिस्तानको सरकारले देशमा शान्ति र सुव्यवस्था सुनिश्चित गर्नका लागि आपराधिक तत्वमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया