काठमाडौं महानगरले माग्यो ‘प्लस टु’ को शुल्क विवरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत निजी विद्यालयहरूसंग कक्षा ११ र १२ (प्लस २) शुल्क विवरण माग गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै सबै विद्यालयहरूलाई शुल्क विवरण पेश गर्न अनुरोध गरेको हो ।
महानगरले महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव असार मसान्तभित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध गराईदिन भनेको छ ।
महानगरको सूचनामा भनिएको छ, ‘कक्षा ११ मा भर्ना गर्ने भर्ना गरिने विद्यार्थीहरुसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव मिति २०८० आषाढ मसान्त भित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछौं ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै



प्रतिक्रिया