नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमध्ये थप थप एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हाे। नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा मुछिएका उनीमाथि गिरोहले संकलन गरेको रकम आफ्नो खातामा राखेको आरोप छ ।
३० जना आरोपीमध्ये बुढाथोकी पक्राउपरेसँगै १९ जना पुगेको छ । यसअघि पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी मानवअधिकारवादी टेकनाथ रिजालसहित गिरोहका सदस्यहरूसमेत १६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । दुइ जना अदालतले आदेश बमोजिम धौरौटीमा छुटेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया