नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमध्ये थप थप एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हाे। नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा मुछिएका उनीमाथि गिरोहले संकलन गरेको रकम आफ्नो खातामा राखेको आरोप छ ।
३० जना आरोपीमध्ये बुढाथोकी पक्राउपरेसँगै १९ जना पुगेको छ । यसअघि पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी मानवअधिकारवादी टेकनाथ रिजालसहित गिरोहका सदस्यहरूसमेत १६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । दुइ जना अदालतले आदेश बमोजिम धौरौटीमा छुटेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया