सहकारीमा अध्यक्ष भूमिका विषयक लघु गोष्ठी सम्पन्न

काठमाडाैं । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारीमा अध्यक्षहरुको भूमिका विषयक एक दिने लघुगोष्ठी सोमबार सम्पन्न भएको छ ।
सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालनका लागि अध्यक्षले खेल्नु पर्ने नेतृत्वदायी भूमिकाका विषयमा छलफलका लागि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
कार्यक्रमका सहभागीहरुले आगामी दिनमा सहकारीहरुलाई थप प्रभावकारी बनाउनका लागि शेयर सदस्यहरुसंगको सम्बन्धलाई प्रभावकारी बनाउने, संस्थाबाट ऋण लगेका शेयर सदस्यहरुलाई ऋणको ब्याज र किस्ता समयमै भुक्तान गर्ने वातावरण बनाउन राज्यका निकायसंग समन्वय गर्नु पर्नेमा जोड दिएका थिए ।
केही सहकारी संस्थाहरुले वचत फिर्ता गर्न नसकेका कारण सबै सहकारीप्रति अविश्वास बढ्दै गएको भन्दै सहभागीहरुले खरावलाई कार्वाही गर्न र राम्रो काम गर्नेहरुप्रति विश्वासको वातावरण बनाउन सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताए ।
सहकारीहरुलाई समस्या पर्दा छाता संघहरु र राष्ट्रिय सहकारी बैंकले सहजीकरणको काम गर्नु पर्ने, राज्यका निकायहरुले नियमनलाई प्रभावकारी बनाउनु पर्नेमा सहभागीहरुको जोड थियो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको समसामयिक अवस्था तथा बैंकका तर्फबाट भैरहेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।
बैंकका शाखा प्रमुख युवराज त्रिपाठीले बैंकको वित्तीय अवस्था र शाखाबाट सञ्चालन भैरहेका सेवाहरुका बारेमा जानकारी गराएका थिए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया