‘एक्सन रुम’ प्रयोगमा आइसक्यो, सुनसरी र बबईको अनुगमन गरें–प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘एक्सन रुम’ को प्रयोग हुन थालेको जानकारी दिएका छन् ।
आज प्रतिनिधि सभामा बजेटबारे उठेका प्रश्नको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाबारे सिधै जानकारी लिन सकिने र प्रधानमन्त्रीसँग समन्वय गर्न सहज होस् भनेर उक्त एक्सन रुम राखिएको थियो ।
तर उक्त प्रविधिको प्रयोग नभएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले आज विहानमात्रै आफूले उक्त प्रविधिको प्रयोग गरेर सुनसरी मरिन र बबई डाइभर्सन आयोजनाको हेडवक्र्सको अनुगमन गरेको जानकारी दिएका छन् ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमको प्रयोग गरी राष्ट्रिय गौरव तथा ठूला आयोजनाको नियमित अनुगमन गर्ने र प्रदेशसँग समन्वय गर्न सुरुवात गरिएको छ,’ उनले भने, ‘आज विहानमात्रै मैले यसै प्रविधिको प्रयोग गरी सुनसरी मरिन र बबई डाइभर्सन आयोजनाको हेडवक्र्सको अनुगमन गरें । त्यो प्रभावकारी हुने विश्वास गरिएको छ ।’
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया