सौर्य ऊर्जाले झिलीमिली सोरुकोट
मुगु । सोरु गाउँपालिकाको सोरुकोट सौर्य ऊर्जाको बत्तीले झिलीमिली देखिएको छ ।
वैकल्पिक ऊर्जा र गाउँपालिकाको आर्थिक सहयोगमा एक सय ३६ सोलार पाता र ९६ ब्याट्री जडान गरेर ६० वाटको विद्युत् उत्पादन गरी दुई सय परिवारको घरमा विद्युत् पु¥याइएको छ ।
दियालोको भरमा रात कटाउँदै आएका सोरुकोट, रोकायाबाडा, बन्जाहलगायत गाउँका बासिन्दा सौर्य ऊर्जाबाट घरमा बिजुली बाल्न पाएपछि खुसी भएका छन् । सौर्य ऊर्जाको बत्ती बाल्न पाउँदा खुसी लागेको सोरुकोट गाउँका उनबहादुर शाहीले बताए ।
गाउँपालिका, प्रहरी चौकी, वन डिपो, खाद्य डिपो, इलाका प्रशासन कार्यालय रहेको सोरुकोटमा सौर्य ऊर्जाको बत्तीले कर्मचारीलाई कामकाज गर्न पनि सहज भएको बताइएको छ ।
यस्तै, सौर्य ऊर्जाको बत्तीले पालिकाको प्रशासनिक कामकाज गर्न सहज भएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । पानीको स्रोत नभएको सोरुकोटमा वैकल्पिक ऊर्जा र पालिकाको आर्थिक सहयोगमा सौर्य ऊर्जा प्रविधिबाट विद्युत् उत्पादन गरिएको हो ।
सोरुकोटका बासिन्दालाई रातमा उज्यालोदेखि मोबाइललगायतका विद्युतीय उपकरण चार्ज गर्न तथा साना उद्योग सञ्चालन गर्न सुविधा भएको छ । सौर्य ऊर्जाबाट उत्पादन गरिएको बत्तीले सोरुकोट झिलीमिली भएको पालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए । उक्त विद्युत्लाई सोरुकोटभन्दा केही टाढाका बस्तीमा पु¥याउने लक्ष्य राखिएको उनको भनाइ छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया