१७ महिना लामो युद्ध अन्त्य गर्न टिग्रे समूह सहमत

आदिस अबाबा । इथियोपियाका टिग्रे विद्रोहीहरू शुक्रबार ‘शत्रुताको अन्त्य’ गर्न सहमत भएका छन् ।
एक दिन अघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा संलग्न तिग्रेयन विद्रोहीहरू शुक्रबार युद्धविराम गर्न राजी भएका हुन् ।
विद्रोहीहरूले शुक्रबार बिहान एएफपीलाई पठाएको एक विज्ञप्तिमा जनाएअनुसार तिनीहरू तत्काल प्रभावकारी रूपमा शत्रुताको अन्त्य लागू गर्न प्रतिबद्ध छन् । युद्धका कारण त्यहाँका ५० लाख मानिसलाई तत्कालै खाद्यान्नको आवश्यकता छ ।
हजारौं मानिस विस्थापित छन्, धेरैले ज्यान गुमाएका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया