इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेञ्जबीच रेमिट्यान्ससम्बन्धी सम्झौता
काठमाडौं । इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतासँगै अब कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले इसेवा मनी ट्रान्सफरमार्फत सुरक्षित रूपमा नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सक्नेछन् ।
कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको डिजिटल माध्यमबाट नेपालमा रहेका आफन्तलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खाता वा पाउने व्यक्तिको इसेवा वालेट्मा पैसा पठाउन सकिने जनाइएको छ ।
कुवेतबाट पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रूफैयाँ बोनस समेत प्राप्त गर्न सकिने छ।
इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले अल मुजैनी एक्सचेञ्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग रेमिट्यान्स सम्झौता गर्न पाउँदा उत्साहित भएको बताए ।
कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरुले रुचाएको ठाउँ भएको भन्दै उनले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने विश्वास व्यक्त गरे ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया