ललिता निवास प्रकरणमा आज थप दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले ललिता निवास प्रकरणमा आज थप दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र देवनारायण महर्जन छन् । महर्जन पशुपती टिकिन्छा गुठीमार्फत उक्त जग्गामा नक्कली मोही बनेका थिए ।
सरकार मातहतको तत्कालीन समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा नक्कली मोही खडा गरेर नामसारी गर्ने निर्णय तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषद्ले गरेको थियो ।
उनीहरूसँगै अब यस प्रकरणमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । ब्युरोको प्रहरी टोलीले यसअघि उक्त प्रकरणमा चार जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ ।
‘बालुवाटार जग्गा हिनामिनाको आरम्भकर्ता देउवा’, उच्च नेतृत्व मुछिएपछि सिआइबीको प्रतिवेदनमा तालाचाबी
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया