बालेनले प्रष्ट्याए हनुमान ढोका क्षेत्रमा सवारी आवागमन निषेध गर्नुको कारण
काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रभित्र सवारी आवागमनमा रोक लगाएको छ । योसँगै अब यो क्षेत्रमा यातायातका साधन गुड्न नपाउने भएका छन् ।
हनुमानढोका दरबार क्षेत्रमा दैनिक हजारौं पर्यटकको आवागमन हुने भएकाले त्यहाँको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य राख्न सवारी आवागमन निषेध गरिएको महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले बताए ।
‘वसन्तपुर हनुमानढोका क्षेत्रमा दिनमा हजारौं पर्यटकहरू आउने र लाखौं आउन सक्ने सम्भावना छ । यिनीहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ,’ शाहले यो क्षेत्रमा सवारी आवागमन निषेध गर्नुको कारण प्रष्ट्याउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसैले हनुमानढोका परिसरभित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।’
काठमाडौ मुख्य रूपमा प्राचीन र ऐतिहासिक कालीगढीको उदाहरण भएको र यहाँको पहिचान भनेकै सम्पदाहरू भएकाले त्यसलाई विश्वसमक्ष गौरवसाथ देखाउन सक्ने बनाउनुपर्ने बालेनको भनाइ छ । यसलाई व्यवस्थित गर्दा लाखौं पर्यटक भित्रिने उनले बताए ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया