बाढी पहिरो प्रभावितहरूको उद्दारमा जुट्न ओलीको निर्देशन

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पार्टीको विपत् व्यवस्थापन विभागलाई उद्दार कार्यमा जुट्न निर्देशन दिएका छन् ।
‘हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्दार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु’, बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
त्यस्तै बाढी पहिरोको जोखिम व्यवस्थापनमा राज्यले आफ्ना निकायहरुलाई यथोचित परिचालन गर्नका लागि ध्यानाकर्षण गराएका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया