अभिनेता ताम्राकार झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । रातोपुलस्थित आफ्नो निवासमा बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।
काठमाडौं प्रहरी परिसरले ताम्राकार झुण्डिएको अवस्थामा मृत फेला परेको पुष्टि गर्दै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको जनाएको छ ।
घटनाको कारण खुलेको छैन । प्रहरीले थप अनुसन्धानपछि मात्रै यसबारे बताउन सकिने जनाएको छ ।
फिल्म रानीबाट नेपाली चलचित्रमा डेब्यु गरेका उनले थप दुई फिल्ममा पनि अभिनय गरेका छन् । पछिल्लो समय उनी फिल्म ‘ह्यासट्याग माया’ मा व्यस्त थिए ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया