अमेरिकामा सानो विमान दुर्घटना हुँदा छ जनाको मृत्यु
लस एञ्जल्स । अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो ।
गत मङ्गलबार यही क्षेत्रमा सेसना विमान दुर्घटना हुँदा एक जना विद्यार्थी पाइलटको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । सङ्घीय उड्डयन प्रशासन तथा राष्ट्रिय यातायात सुरक्षा बोर्डद्वारा दुर्घटनाको अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया