संसद अवरोध हटाउन प्रमुख तीन दल सहमत

काठमाडौं । चार दिनदेखि जारी संसद अवरोध हटाउन प्रमुख तीन दलबीच समझदारी भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको एमाले, कांग्रेस र माओवादी केन्द्रको बैठकमा ३ बजे प्रधानमन्त्रीले सुरूमै सम्बोधन गरेपछि बैठकलाई सूचारू गर्न तीन दलबीच समझदारी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएपछि एमालेले राजीनामा माग्दै संसद अवरोध गर्दै आएको छ ।
सत्ता गठबन्धनले अभिव्यत्तिलाई नै लिएर प्रधानमन्त्री राजीनामा दिन नपर्ने निर्णय गरेको थियो । संसद अवरोध हटाउन प्रधानमन्त्री आफैले संवाद थालेका हुन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया