संसद अवरोध जारी राख्ने अडानबाट एमाले पछि हट्यो, प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्रीको राजीनामा मागेर एक हप्तासम्म संसद अवरोध गरेको एमाले अन्ततः खुलाउन सहमत भएको छ ।
जारी अवरोध हटाउने विषयमा सोमाबार पनि प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेका हुन् । बैठक सकारात्मक भएको नेताहरूले बताएका छन् । बैठकबाट बाहिरिएका ओलीले संसदमै थाहा हुने जवाफ दिएका छन् ।
आइतबार भएको छलफलमा प्रमुख तीन नेताबीच सहमति भएपनि अन्तिम समयमा आएर भाँडिएको थियो । असार १८ गते भारतीय नागरिक सरदार प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचनमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक भारत गएको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति राष्ट्रहितविपरीत भएको भन्दै एमालेले संसदमा प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध जारी रहने अडान लिएको थियो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया