हेलिकप्टर दुर्घटनाबारे छानबिन समिति बनाउँछौं : किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले छानबिन समिति बनाउने बताएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने बताएका हुन् ।
‘हामीले डे वान देखि नै सेफ्टी फर्स्ट भनेका छौं । सेफ्टीमा कुनै सम्झौता हुँदैन’, उनले भने, ‘हाम्रो पहिलो शर्त सुरक्षा हो । यसबारे हामी छलफल नै छौँ । अब छानबिन समिति बन्छ । भोलिसम्ममा गठन हुन्छ ।’
बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा एक नेपाली पाइलटसहित मेक्सिकोका ५ जना यात्रुको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया