विद्यालयकै माटो उत्खनन गरेर विक्री गर्ने प्रधानाध्यापकसहित चारविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय हाताभित्रको जग्गाको माटो उत्खनन गरेर इँटा उद्योगलाई विक्री गर्ने चारजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कञ्चनपुरस्थित लालझाडी गाउँपालिका वडा नं ४ मा पर्ने बैजनाथ बहुभाषिक आभारभूत विद्यालयको हाताभित्रको माटो उत्खनन गरी विक्री भएको पाइएको हो ।
आयोगले विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, भगवती इँटा उद्योगका व्यवस्थापन राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
उनीहरूले विद्यालय डाङाजाईको हाताभित्रको माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा ७ लाख २९ हजार ५१४ रुपैयाँ भ्रष्टाचार गरेको जनाइएको छ ।
आयोगले तत्कालिन अध्यक्ष राना र प्रधानाध्यापकलाई सजायस्वरुप ७ लाख २९ हजार ५१४ रुपैयाँ बिगो जरिवानासहित सजाय मागदाबी गरेको छ ।
त्यस्तै, माटो खरिद गर्ने उद्योगका व्यवस्थापक भाटलाई ४ लाख ११ हजार ६०६ रुपैयाँ र प्रोपराइटर विष्टलाई ३ लाख १७ हजार ९०८ रूपैयाँ बिगो जरिवाना मागदाबी गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया