नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एकजना पक्राउ

काठमाडाैं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका असनका केशव तुलाधर रहेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका तुलाधरलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।
तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया