मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक दर्ता नगरे संसद चल्न दिन्नौं : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक सरकारले संसदमा नल्याएकोमो आपत्ति जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले अर्को बैठकमा विधेयक सदनमा प्रस्तुत नभए संसद अवरोध गर्ने चेतावनी दिएका हुन् ।
‘अघिल्लो बैठकमा विधेयक कार्यसूचीमै थियो । हामीले प्रतिस्थापन विधेयकमार्फत त्यसलाई अघि बढाउने प्रतिबद्धतासमेत जनाएका थियौं । तर आजको कार्यसूचीमा यो किन आएन ?’, सरकारमाथि उनल प्रश्न गरे ।
मिटरब्याज पीडितहरूले काठामाडौं केन्द्रित संघर्षबाट सरकारमाथि दबाब बढाएपछि केही पुराना ऐन संशोधन र प्रतिस्थापनका लागि नयाँ विधेयक संसदमा प्रस्तुत गरेको थियो तर एमालेको संसद अवारोधका कारण विधेयक निष्क्रिय भएको थियो ।
विधेयक तत्काल संसदमा लैजान सत्तारूढ दलभित्रै मतभेद देखिएपछि सरकारले प्रतिस्थापन विधेयक कार्यसूचीबाटै हटाएपछि विपक्षी सांसदहरूले विरोध जनाएका हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया