बागमती प्रदेशका ३०४ शिक्षकको पदोन्नति (नामावलीसहित)

काठमाडौं । बागमती प्रदेशमा प्राथमिक तहमा कार्यरत ३०४ शिक्षकको पदोन्नति भएको छ ।
शिक्षक सेवा आयोग, शिक्षा विकास निर्देशनालय, हेटौंडाले कार्यसम्पादन मूल्यांकनका आधारमा १३ जिल्लाका विद्यालयहरूमा कार्यरत प्राथमिक तहका शिक्षकको द्वितीय श्रेणीमा बढुवा गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई बढुवाका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।
बढुवा सिफारिस समितिले गरेको निर्णयउपर कसैलाई चित्त नबुझेमा ३५ दिनभित्र उजुरी दिन निर्देशनालयले अनुरोध पनि गरेको छ ।
हेर्नुहोस् बढुवाको सूचना
ताजा अपडेट
-
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
प्रतिक्रिया