अमेरिकामा चर्को गर्मी, कैयन् राज्य लूको चपेटामा
काठमाडौं । अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्यधिक गर्मी बढेको छ । गर्मीको ग्राफ बढिरहेका बेला मौसमविदहरूले दक्षिण–पश्चिम क्षेत्रमा लूको तह खतरनाक स्तरमा पुग्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय मौसम सेवाले शनिबार गर्मीको प्रभावलाई कम आकलन नगर्न चेतावनी दिएको छ।
गर्मीले लगभग एक तिहाइ अमेरिकीहरू प्रभावित भएका छन्। फ्लोरिडादेखि क्यालिफोर्निया र अहिले वासिङ्टन पनि गर्मीको चपेटामा छ ।
संसारकै सबैभन्दा तातो मानिने क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम ५३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।
लस भेगास र नवाडाजस्ता ठाउँहरूमा केही दिनमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने ठानिएको छ ।
अमेरिकामा हरेक वर्ष गर्मीका कारण करिब ७०० जनाको मृत्यु हुने गरेको छ । देशमा अर्को सातासम्म चर्को गर्मी जारी रहने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया