प्रभु बैंकको सर्भर डाउन, साँझसम्म एटीएम र मोबाइल बैंकिङ नचल्ने
काठमाडौं । के तपाईंले प्रभु बैंकको एटीएम र मोबाइल बैंकिङ प्रयोग गर्दा समस्या आयो ? आयो भने साँझसम्मका लागि यो समस्या झेल्नुपर्ने हुन्छ ।
हाल बैंकको सर्भर डाउन भएको छ । जसकारण बैंकको एटिएम र मोबाइल बैंकिङजस्ता सेवामा समस्या आएका छन् ।
नेपालवाचको सम्पर्कमा आएकी एक कर्मचारीले बैंकको सिस्टम अपग्रेड भइरहेकाले यस्तो समस्या आएको जानकारी दिइन् । साथै साँझसम्म सेवाग्राहीलाई मोबाइल बैंकिङ र एटिएम नचलाउन पनि अनुरोध गरिएको छ ।
‘समस्या समाधान हुन साँझसम्म लाग्न सक्छ । त्यतिञ्जेलका ग्राहकलाई एटिएम र मोबाइल बैंकिङ नचलाउन अनुरोध गरेका छौं,’ उनले भनिन् ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया