पटक-पटक गल्ती गर्ने नेताहरूलाई साथ दिन सकिँदैन : पूर्वप्रधानमन्त्री भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना दलका नेताहरूले सुध्रने भन्दा पनि पटक-पटक गल्ती दोहोर्याउनु दुःखद् भएको बताएका छन् ।
पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ज्योर्ती चौतारामा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भट्टराईले नेताहरुले पटक पटक गर्ने गल्तीलाई साथ दिन नसकिने बताएका हुन् ।
उनले भने, ‘नेताहरू खाली सरकारमा जाने, सांसद हुने, कमिसनखोरबाट पैसा लिने, त्यसलाई कमाएर तिर्दैमा समय जाने, सरकारमा गएर पनि त्यही प्रवृत्ति बढ्यो । त्यो बाटोले देशलाई कहीँ पुर्याउँदैन, हिजोको गल्ती सच्याएर अघि जाने भनिएको थियो, उहाँहरू जुन गल्ती गरिरहनुभएको छ, गल्ती गर्ने कुरालाई साथ दिन सकिँदैन ।’
ठूला नेता आएर प्रतिनिधित्व गरिसकेपछि तीव्र रूपमा काम होला भन्ने सोचे पनि त्यस्तो हुन नसकेको उनको भनाइ छ । राजनीति सेवाको साधन भएकोले सत्तामा नभए पनि जनताको सेवा गर्न सकिने उनले बताए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया