नेसपाको सूचना तथा सञ्चार प्रविधि विभागको जिम्मेवारी मानुषीलाई
काठमाडौं । नेपाल समाजवादी पार्टीले मानुषी यमी भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरेको छ।
विभागले पार्टी संगठनका अभिलेखहरू डिजिटलाइज गर्ने, पार्टीको संगठन विस्तार लगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक डिजिटल प्रविधिको प्रयोग गर्न योजना बनाउने नेसपाले जनाएको छ ।
जस अन्तर्गत विभागले पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाललगायतमा सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउन काम गर्नेछ ।
ताजा अपडेट
-
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने
-
पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ
-
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
-
पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने
प्रतिक्रिया