फोहोर बोक्ने गाडीबाट पैसा असुल्ने निर्णयमा सर्वोच्चले लगायो रोक
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर बोक्ने गाडीबाट रकम असुल्ने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
ककनी गाउँपालिकाले गत १९ असारमा काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लिएर जाने सानो गाडीसँग प्रतिखेप १००० र ठूला गाडीसँग १५ सय रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको थियो ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो ।
फोहोरमैला व्यवस्थापन संघ, नेपालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश खतिवडाले मंगलबार उक्त आदेश दिएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया