रणवीर सिंह होइनन्, यी हुन् दीपिकाका लागि ‘गुड लुकिङ म्यान’
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण एक सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।
बलिउडको टप एक्ट्रेसको लिस्टमा रहेकी दीपिकाको करिअरमा उनको नाम धेरैसँग जोडियो । तर, उनले अभिनेता रणवीर सिंहसँग विहे गरिन् ।
रणवीर सिंह पहिले उनले रणबीर कपुरसँग पनि डेट गरेकी थिइन् । यद्यपी, यी दुवै हिरोभन्दा पनि फरक व्यक्तिसँग बलिउड मस्तानी दीपिकाको क्रस थियो ।
‘ओम शान्ति ओम’ मार्फत साहरुख खानसँग डेब्यू गरेकी दीपिकाले अर्जुन रामपालसँग क्रस रहेको बताएकी छिन् । ‘ओम शान्ति ओम’मा नेगेटिभ रोलमा देखिएका अर्जुन रामपालसँग गहिरो क्रस रहेको दिपिकाले एक अन्तर्वार्तामा खुलाएकी हुन् ।
उनले भनेकी छिन्, ‘मेरो लागि अर्जुन सबैभन्दा गुड लुुकिङ म्यान हुन् । फिल्मको सुटिङको दौडान म अभिनयमा ध्यान दिनुभन्दा पनि अर्जुनलाई नियालेर बस्थेँ ।’
बलिउडमा हिट फिल्मको स्वाद चाख्न माहिर यी अभिनेत्री फेरि एक पटक साहरुखसँग फिल्म जवानमा देखिने तयारीमा छिन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया