रणवीर सिंह होइनन्, यी हुन् दीपिकाका लागि ‘गुड लुकिङ म्यान’
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण एक सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।
बलिउडको टप एक्ट्रेसको लिस्टमा रहेकी दीपिकाको करिअरमा उनको नाम धेरैसँग जोडियो । तर, उनले अभिनेता रणवीर सिंहसँग विहे गरिन् ।
रणवीर सिंह पहिले उनले रणबीर कपुरसँग पनि डेट गरेकी थिइन् । यद्यपी, यी दुवै हिरोभन्दा पनि फरक व्यक्तिसँग बलिउड मस्तानी दीपिकाको क्रस थियो ।
‘ओम शान्ति ओम’ मार्फत साहरुख खानसँग डेब्यू गरेकी दीपिकाले अर्जुन रामपालसँग क्रस रहेको बताएकी छिन् । ‘ओम शान्ति ओम’मा नेगेटिभ रोलमा देखिएका अर्जुन रामपालसँग गहिरो क्रस रहेको दिपिकाले एक अन्तर्वार्तामा खुलाएकी हुन् ।
उनले भनेकी छिन्, ‘मेरो लागि अर्जुन सबैभन्दा गुड लुुकिङ म्यान हुन् । फिल्मको सुटिङको दौडान म अभिनयमा ध्यान दिनुभन्दा पनि अर्जुनलाई नियालेर बस्थेँ ।’

बलिउडमा हिट फिल्मको स्वाद चाख्न माहिर यी अभिनेत्री फेरि एक पटक साहरुखसँग फिल्म जवानमा देखिने तयारीमा छिन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया