नेकपा एसको बैठक सुरु, अध्यक्ष नेपालले जवाफ दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्ने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा सङ्गठन सुदृढीकरण विशेष अभियानको जानकारी, वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसङ्गठन युवा र विद्यार्थी, विभागको कामको व्यवस्थापन, सरकार र संसद्लाई कसरी प्रभावकारी बनाउने, कमिटीमा वरियताको विषय, महाधिवेसनको व्यवस्था, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका बैठकका एजेण्डामा छलफल हुने उनले बताए ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया