आज साँझ इटाली जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ इटाली जाँदै छन् ।
संयुक्त राष्ट्रसंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुनका लागि प्रधानमन्त्री त्यसतर्फ जाने भएको सरकारकी प्रवक्ता तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
सो कार्यक्रम ८ देखि १० साउनसम्म आयोजना हुँदै छ । प्रधानमन्त्री यही ८ साउनमा सो कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्रीसहितको टोलीमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुनेछन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको हो ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया