नेकपा एसको केन्द्रीय कमिटी बैठक साउन २० र २१ मा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौँमा बस्ने भएको छ ।
बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेको जानकारी दिइन् । बैठकले पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्ने उनले बताए ।
यही साउन १८ र १९ गते बस्ने पोलिट्ब्यूरो बैठकमा पार्टीका सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने जनाइएको छ । अगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक राजनीतिक गतिविधिसमेत सञ्चालन गर्ने योजना बैठकले तयार गर्ने छ ।
यही साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने छ । यही साउन १५ गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्ने छ । बैठकको निर्णयलाई मूर्तरूप दिन अनौपचारिक छलफल गरी कार्यान्वयनका लागि शीर्षनेतालाई जिम्मेवारी प्रदान गरिने छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया