वर्षाका कारण मुख्य सडक अवरुद्ध
बुटवल । अबिरल वर्षाका कारण पहिरो खस्दा पाल्पा, अर्घाखाँची, प्यूठानलगायतका जिल्लामा सडक अवरुद्ध भएका छन् ।
पहिरो खसेका कारण बुटवल–पाल्पा, गोरुसिङ्गे–सन्धिखर्क र भालुवाङ–प्यूठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल–पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ ।
यस्तै अर्घाखाँचीको शीतगङ्गा–१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिङ्गे–सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ । यस्तै प्यूठानको माण्डवी–१ गर्जेनीमा पहिरो खस्दा भालुपाङ–प्यूठान सडक अवरुद्ध भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया