गृह र अर्थमन्त्रीको राजीनामा माग्दै संसद् अवरूद्ध गर्ने एमालेको तयारी
काठमाडौं । विमानस्थलबाट बाहिरिएको करिब एक क्विन्टल सुनबारे धारणा बनाउन नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा सोही विषयलाई लिएर संसद् अवरुद्ध गर्ने एमालेको तयारी रहेको छ । संसद बैठकको तयारीको लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए।
उपप्रधान तथा गृहमन्त्री त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका निकायहरु रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेको धारणा छ ।
एमाले स्रोतका अनुसार आजको संसद् बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया