कर्णाली प्रदेश प्रमुखद्वारा प्रशिक्षण प्रतिष्ठान प्रमाणीकरण

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक’ प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहीबार प्रमाणीकरण गरेका हुन् । प्रतिष्ठान विधेयक यही साउन ८ गते कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको २६औँ बैठकबाट सर्वसम्मतले पारित भएको थियो ।
परियारले प्रमाणीकरण गरेसँगै उक्त विधेयक ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०८०’ मा रुपान्तरण भएको छ । ऐन बनेपछि अब राष्ट्रसेवक सबै कर्मचारीको क्षमता अभिवृद्धि एवं वृत्ति विकासका क्षेत्रमा सहयोग पुग्नेछ । प्रशिक्षण प्रतिष्ठान ऐन कार्यान्वयनमा लैजान प्रदेश सरकारलाई बाटो खुला भएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया